नीमाले दिलाइन् सागमा नेपाललाई पहिलो स्वर्ण

माघ २५, काठमाडौं–भारतको गुवाहाटीमा भइरहेको १२ औं सागमा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ।

नीमा घर्तीमगरले उसुमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी हुन्।

नेपालले अहिलसम्म ३ रजत र ६ कास्य जितेको छ। नीमाको स्वर्णसहित नेपालको पदक संख्या १० पुगेको छ ।