राजदूतहरुलाई बालुवाटारमा बोलाएर ओलीले के भने?

माघ २६, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणमा कुनै पनि दीर्घकालीन हितविरुद्द सम्झौता र सहमति नहुने प्रतिवद्दता व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री , पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र पूर्वराजदूतहरुसँग सोमबार आफ्नो भारत भ्रमणबारे बालुवाटारमा गरेको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकभित्र आफूले पाएको म्यान्डेटविपरीत कुनै पनि हालतमा भारतमा सम्झौता या सहमति नहुने आश्वासन पनि दिए ।

‘विगतका प्रधानमन्त्रीले आफू भ्रमणमा जानुअघि नेपालमा जनतासँग यसो गर्दिनँ, उसो गर्दिनँ भन्ने तर दिल्ली पुगेर अर्कै थोक गरेर आउने गरेको देखियो । मैले त्यसो गर्ने छैन । एकल भेटघाटमा एउटा कुरा र बाहिर अर्को कुरा गर्ने छैन । त्यस्तो गर्नु ठीक । त्यस्तो गर्नु ठीक होइन, म कदापि त्यसो गर्ने छैन,’ ओलीले भने ।(अन्नपूर्ण पोस्ट दैनिकबाट)