विशेषज्ञको नाम काटेर सागमा असम्बन्धित डाक्टर

माघ २४, काठमाडौं– खेलकुद चिकित्सा केन्द्रका खेल विशेषज्ञ चिकित्सक डा। राजु महर्जनको नाम काटेर १२औा सागमा असम्बन्धित चिकित्सकलाई सहभागी गराइएको छ। राष्ट्रिय खेलकुद परिषद्ले पाटन अस्पतालका डा। नबिसमानसिंह प्रधान, टिचिङकी डा रक्षा श्रेष्ठ र पोखरामा कार्यरत डा। इन्द्रबहादुर गुरुङलाई भारत लगेको छ।
यस्तै खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले सागमा १८ जनाको मेडिकल टिम सिफारिस गरेको थियो। तर, खेलकुद परिषद्ले एक चिकित्सकसहित ६ जनालाई मात्र कोटा दियो।

‘खेलाडीको स्वास्थ्यसँग जोडिएको विषयमा परिषद्ले हेलचेक्रयाइँ गरेको छ,’ अनुसन्धान केन्द्रका एक कर्मचारीले भने,‘मेडिकल टिमको कोटा काटेर ड्राइभर र पालेलाई लगियो।’

यसैगरी खेलकुदमन्त्री सत्यनारायण मण्डलका स्वकीय सचिव कृष्ण केसीले आफ्ना छोरालाई मेडिकल टिमको कोटामा पारेका थिए। चर्को विरोध भएपछि उनको नाम काटियो।

महिला फिजियोको कोटा नै गायव

सागमा महिला खेलाडी धेरै सहभागी छन्। तर, खेलाडीहरूको थेरापी गर्ने महिला फिजियो टिममा छैनन् । फिजियो लक्ष्मण अधिकारी र श्रील भगतलाई मात्र लगिएको छ। (नयाँ पत्रिका दैनिकबाट)