नाकाबन्दीले १ खर्बको व्यापार घट्यो

माघ २४, काठमाडौं– भारतले गरेको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण चालू आर्थिक वर्षका ६ महिनामा बैदेशिक व्यापारको परिणाम १ खर्ब रुपैयाँभन्दा बढीले घटेको छ। निर्यातको तुलनामा आयात बढी प्रभावित छ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म भारत र तेस्रो मुलुकबाट हुने सामान आयात २६ प्रतिशत घटेको छ। अघिल्लो वर्षको यही अबधिमा ३ खर्ब ७७ अर्ब ८५ करोड रुपैयाँ  रहेको आयात व्यापार यो वर्ष घटेर २ खर्ब ७७ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ।

आयातबाट हुने राजस्व २५ अर्ब ८५ करोड रुपैयाँ गुमेको छ। गत वर्ष ८८ अर्ब ९ करोड उठेकोमा यो वर्ष ६२ खर्ब २३ करोडमात्र संकलन भएको छ।

अन्य नाका खुलेपनि ५१ प्रतिशतभन्दा बढी व्यापार हुने रक्सौल नाका ठप्प रहेकाले व्यापार राजस्वमा ठूलो असर परेको छ । (कारोबार दैनिकबाट)