हेगनका पुराना फोटो पर्यटन बोर्डमा

माघ २२, काठमाडौं – नेपाल पर्यटन बोर्डमा ६५ वर्ष पुराना फोटो प्रर्दशनी सुरु भएको छ ।
स्वीजरल्यान्डका टोनी हेगनले सन् १९५० देखि १९८० को दशकसम्म काठमाडौं उपत्यका र बाहिर खिचेका फोटोहरु प्रर्दशनीमा राखिएको छ ।

फोटोमार्फत मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले फोटो प्रर्दशनी सुरु गरेको हो । हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार, शनिबार र आइतबार विभिन्न फोटोग्राफरले खिचेका नेपाल झल्काउने फोटोहरु प्रर्दशनी गरिने बोर्डका अधिकृत सुदन सुवेदीले जानकारी दिए ।

भूगर्वशास्त्री हेगनले नेपालमा १४ हजार किलोमिटर हिँडेर यात्रा गरेका थिए । सोही अवसरमा विभिन्न ठाउँमा खिचेका फोटोहरु प्रर्दशनीमा राखिएको हो । फोटोहरु मानिसलाई आधा शताब्दी अगाडिको परिवेश झल्को दिने खालका छन् ।
हेगनले गोरखा दक्षिणबाहु र मानार्थ नेपाली सम्मान पाइसकेका छन् ।