दुर्घटनामा योजना अधिकृतको मृत्यु

माघ २२ सुनसरी– सुनसरी  जिल्ला विकास समितिका योजना अधिकृत दीपक निरौलाको गाडी दुर्घटनामा परी मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीभासी नगरपालिका–४ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१२प ६४६६ नंको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना३ख ४५६१ नंको टिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो । कामविशेषले इटहरी जानुभएका इनरुवा–२ का निरौला इटहरीबाट इनरुवा फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने टिपर र चालक इलाका प्रहरी कार्यालय पक्कलीको नियन्त्रणमा छ ।