आजदेखि १२ औं साग सुरु

माघ २२ काठमाडौं– भारतमा आजदेखि १२ औं साग खेलकुद सुरु हुदैँछ। भारतको उत्तर पूर्वी क्षेत्रमा यस पटक साग हुन गइरहेको छ।

सागको उद्घाटन आसामको गुवाहाटीसिथत इन्दिरा गान्धी एथलेटिक्स रंगशालामा हुँदैछ।

सिलोङमा पनि शनिबार सागको उद्घाटन हुनेछ। सागमा २३ वटा खेल समावेश गरिएको छ ।

सागमा नेपालसहित भारत, श्रीलंका, वंगलादेश, पाकिस्तान, अफगानिस्तान,भुटान र माल्दिभ्सले सहभागीता जनाउने छन्। २ हजार ६ सय खेलाडीले २ सय २८ स्वर्ण, २ सय २८ रजत र ३ सय ८ कास्यका लागि प्रतिप्रष्र्धा गर्नेछन्।