लुटपाटमा संलग्न ४ पक्राउ

माघ २२ काठमाडौं–यही पुस ३० गते कीर्तिपुरबाट सतुवा जडिबुटी १२४३ किलो किन्ने बहानामा लुटपाट गर्ने चार जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बाह्रबिसे–७ का २३ वर्षे पृथ्वी भन्ने तीर्थबहदुर तामाङ्, सोही गाविस वडा नं. ५ का २९ वर्षे नोर्वु पासाङ् लामा र २२ वर्षे दिलबहादुर रुम्बा र सिन्धुपाल्चोक कर्थली–१ का साङ्गेल शेर्पा रहेका छन् ।
उनीहरुले जडिबुटी लुटेर गोठाटारमा लकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । उक्त जडिबुटीको मूल्य करिब ८३ लाखभन्दा बढी पर्न सक्ने बताइएको छ ।