कामै नगरी ठेकेदारले माग्यो ६० करोड

माघ २२, काठमाडौं–मेलम्ची आयोजनाको सुरुङ खन्न ठेक्का पाएको इटालियन ठेकेदारले कामै नगरी ६० करोड रुपैयाँ अग्रिम भुक्तानी मागेको छ ।

निर्धारित काम नगरी थप रकम मागेपछि मेलम्ची खानेपानी विकास समिति र ठेकेदार को (अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी तथा भारतको दि(राभेनाबीच भुक्तानीका बिषयमा विवाद सुरु भएको छ ।

समितिले काम नगरी भुक्तनी नदिने भनेपछि ठेकेदारले सुरुत गतिमा काम गर्न थालेको छ । भूकम्पपछि परकम्प र भारतीय नाकाबन्दीपछि इन्धन अभाव हुदाँ  ५ महिनादेखि रोकिएको आयोजनाको सुरुङ निर्माण गत साताबाट सुरु भएको हो।(कारोबार दैनिकबाट)