हामी सक्छौँ म सक्छु –नाराका साथ विश्व क्यान्सर दिवस मनाईंदै….

माघ २१, काठमाडौं–आज विश्व क्यान्सर दिवस, नेपालमा पनि हामी सक्छौँ म सक्छु भन्ने नाराका साथ मनाईदैछ ।
हामी क्यान्सर निको पार्न सक्छौ भन्ने सचेतना जगाउन यो नारा तय गरिएको हो । चेतना अभावका कारण विश्वभर क्यान्सरका विरामी बढ्दै गएका छन् । अव्यवस्थित खानपान र बढ्दो वातावरण प्रदुषण तथा क्यान्सर रोग लाग्नुको कारण हो । यसबाट जोगिने उपायबारे जानकारी नहुँदा क्यान्सरका बिरामीको संख्या बढेको चिकित्सकहरुको भनाई छ । क्यान्सर लाग्नुमा धुमपान, चिल्लो पिरो खानेकुरा मुख्य कारक तत्व मानिन्छ । साथै चुरोट र सुर्तीजन्य पदार्थ नखाने तर यसको धुवाँमा बस्ने र दाउरामा खाना पकाउनेलाई पनि क्यान्सरको खतरा धेरै हुने, तर प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुने चिकित्सकहरुको भनाई छ । खानपानमा ध्यान दिन सके मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनको भनाई छ । क्यान्सर लागेर ज्यान गुमाउने मध्ये २२ प्रतिशत धुमपानको कारण भएको पनि र विकसित राष्ट्रमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएका संगठनले जनाएको छ । विश्वमा हरेक वर्ष ८२ लाख मानिसलाई क्यान्सर लाग्ने गरेको तथ्यांक छ । नेपालमा ७० हजार जनालाई क्यान्सर हुने र यसको एक तिहाई मानिसको उपचारका क्रममा ज्यान जाने गरेको पाइएको छ ।