ओलीको भारत भ्रमण अझै अनिर्णीत

माघ २२, काठमाडौं–नाकाबन्दी नखुली भारत जान्नँ’ भन्ने अडानका कारण प्रधानमन्त्री केपी ओलीको दिल्ली भ्रमणको तिथि तय हुन सकेको छैन । स्थिति कस्तो उब्जिएको छ भने, ओलीको इच्छाअनुसार दिल्ली भ्रमणकै लागि भए पनि अहिलेसम्म अवरुद्द रक्सौल–वीरगन्ज नाका खोल्ने रणनीतिमा भारत लागिपरेको संकेत देखिएको छ ।

‘मधेसी मोर्चाको मागमा आधामात्र पूरा भएको स्थिति छ,’ विदेश मन्त्रालयका उच्च पदाधिकारीले नेपाली कूटनीतिक पदाधिकारीसँगको भेटमा भन्न थालेका छन्, ‘प्रधानमन्त्री ओलीको भ्रमणअघि बाँकी रहेका मागमा पनि सम्बोधन होला भन्ने आस गरेका छौं ।(कान्तिपुर दैनिकबाट)