नयाँ संचार नीतिले यस क्षेत्रका समस्या समाधान गर्ने

माघ २१, काठमाडौं–नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले सरकारले संचार नीति मार्फत संचारको क्षेत्रमा देखिएका नयाँ समस्याहरुको समाधान गर्ने बताए ।
नेपाल पत्रकार महासंघ, सीआईएन शाखाको बार्षिक साधारण सभामा उनले समुदायका सवालभन्दा अझै पनि सञ्चार माध्यमले राजनीतिक बिषयलाई प्राथमिकता दिएकाले सामुदायिक रेडियोले तल्लो तहको सवाललाई उठाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले नयाँ संचार नीति मार्फत सामुदायिक रेडियो सम्बन्धी स्पष्ट कानुनी व्यवस्था गर्ने तयारी रहेको समेत जानकारी दिए ।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मोहन चापाँगाईले साना सामुदायिक रेडियोले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न नसकेपनि बढि क्षमताका ठुला रेडियोहरुले त्यसको कार्यान्वयन गर्नुपर्ने बताए ।
महासंघका केन्द्रीय सदस्य सुरज आचार्यले रेडियोकर्मीहरुका लागि महासंघले बिषेश कार्यक्रम ल्याउन पहल गर्ने बतए ।
सीआईएन शाखाका अध्यक्ष दीपक आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शाखाले अपांगता भएका भूकम्पपिडितका लागि ५७० वटा रेडियो सेट वितरण गरेको बताए ।