भारतीय नेताको अभिव्यक्तिको निन्दा

माघ २१, काठमाडौं–चुरे भावर राष्ट्रिय एकता पार्टीले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि आघात पुग्ने गरी बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव र पूर्वमन्त्री रघुबंशप्रसाद सिंहले दिएको अभिव्यक्तिको निन्दा गरेको छ ।
पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय नेताले यस्तो अभिव्यक्ति दिइ नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानमा ठेस पु¥याउने कार्य गरेको जनाएको छ ।
मधेसी मोर्चाका तीन शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँगको भेटवार्तामा उनीहरुले दिएको अभिव्यक्तिले छिमेकी मुलुकमाथि ठाडो हस्तक्षेप भएको हाम्रो पार्टीले ठानेको छ ।
नेपालको राष्ट्रियतामाथि धक्का पुग्ने गरेर कसैले पनि अभिव्यक्ति दिन पाइँदैन । एउटा सार्वभौम मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेर दिइएको अभिव्यक्तिको पार्टीले घोर बिरोध गर्ने जनाएको छ ।
शान्तिपूर्ण राजनीतिक रुपमा आफ्ना अधिकार र माग उठाउन पाउने संवैधानिक अधिकार सबैमा रहेकाले आन्दोलनकारी दलहरुलाई पनि आफ्नो मुलुकको अस्तित्वमाथि ख्याल गरेर सोहीअनुसारका राजनीतिक गतिविधि गर्न पार्टीले आग्रह गरेको छ ।