सरकार असफल भयोः राप्रपा नेता राणा

माघ २१, काठमाडौं– सत्तारुढ दल राप्रपा नेपालका बरिष्ठ नेता पशुपति शमसेर राणाले सरकार बर्तमान सरकार मुख्य विषयहरुमा असफल भएको बताएका छन् ।
उनले एक कार्यक्रममा भने,‘ सरकार मधेस आन्दोलनलाई संबोधन गर्ने र भुकम्प पछिको पुनर्निर्माण कार्यलाई तिब्र रुपमा अगाडि बढाउने विषयमा असफल भएको छ । ’
राणाले थपे,‘ पुनर्निर्माणमा एमाले समर्थित गैरसरकारी सस्थाहरुलाई आउटसोर्स गरेर फाईदा लिने काम गरिरहेको छ । यो दुखद हो । ’
उनले बर्तमान सरकारमा आफूहरुले मधेस आन्दोलन र पुनर्निर्माणको आलोचनात्मक समर्थन दिएको भन्दै यस्तै किसिमको परिस्थिति कायम रहे सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्नु पर्ने बताए । उनले भने,‘ जुन उत्साहले सरकारलाई समर्थन गरेका थियौ त्यो अब बाँकी रहने । ’
राणाले राप्रपा पहिलाबाट नै मधेसमा दुई प्रदेशको पक्षमा रहेको स्पष्ट पार्दे सरकारले किन नमानेको हो आफुहरुले नबुझेको बताए ।
उनले भने,‘ दुई प्रदेश मान्नु उचित हुन्छ । कार्यदेशमा विवाद गरिरहनु ठिक होईन । ’
राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समस्या समाधान र नाकाखुलाएर भारत भ्रमण जानु उचित हुने समेत स्पष्ट पार्दै मधेसी नेताहरु विहार र उत्तरप्रदेशका नेताहरुसँग जानु ठिक नभएको बताए ।
उनले दुई राप्रपावीच एकताको लागि बार्ता टोली गठन भएर प्रयास सुरु भईसकेको भन्दै राप्रपा नेपालले संविधान स्विकार गरि राजतन्त्र विर्सिएकोले सहज भएको तर्क गरे ।