विभिन्न व्यक्तित्व सम्मानित

माघ १९, काठमाडौ– ताजा खबर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद् फणिन्द्र दाहाललाई ‘प्रगति नेपाल’ नामक संस्थाले एक कार्यक्रम गरी सम्मान गरेको छ ।
‘प्रगति नेपाल’ नामक संस्थाद्वारा सञ्चालन गरिएको भद्रकुमारी घले एकल महिला पुरस्कार तथा विभिन्न पेसामा रहेर समाजसेवामा समर्पित भई योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मानपत्र वितरण कार्यक्रममा पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले दाहाललाई सम्मान गरेकी हुन् ।
मन्त्री मानवीले एक वर्षभित्रमा मासुजन्य पदार्थमा नेपाललाई आत्मनिर्भर बनाउने बताइन् । उनले दुई वर्षभित्र नेपाललाई दुग्धजन्य पदार्थमा पनि आत्मनिर्भर बनाउने आफ्नो मन्त्रालयको कार्ययोजना रहेको बताइन् ।
कार्यक्रममा संस्थाकी अध्यक्ष दुर्गा थापाले ‘प्रगति नेपाल’ले समाजमा हुने सबै प्रकारका विकृति–विसङ्गति र लागूऔषध प्रयोगविरुद्ध अभियान चलाउने गरेको बताइन् । उनले आफ्नो संस्था एकल महिलाको सम्पत्तिको हक स्थापित गर्न कानुनी पहल गर्न र कुमारी आमाद्वारा अन्मिएका बालाबच्चालाई नागरिकता दिलाउने काममा समेत सक्रिय रहेको बताइन् ।
कार्यक्रममा एकल महिला यशोधा आचार्यलाई रु दश हजारसहित सम्मान गरिएको थियो भने विभिन्न पेसामा रही समाजसेवामा सक्रिय रहेका अन्य व्यक्तित्वहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।