नेपाललाई भारतले दुई वर्षभित्र ९४० मेगावाट बिजुली दिने

माघ १७, काठमाडौ– नाकाबन्दी लगाएर इन्धन संकटको कारण बनिरहेको भारतले आगामी २ वर्षभित्रमा नेपाललाई लोडसेडिङमुक्त बनाउन सहयोग गर्ने भएको छ। उसले साविकभन्दा ५ गुणा बढी बिजुली दिने प्रतिबद्धता जनाएको छ।

‘सन् २०१७ को अन्त्यसम्म अन्तरदेशीय प्रसारण लाइनका अतिरित्त अन्य प्रसारण लाइनको क्षमतामा अभिबृद्धि गरी ९४० मेगावाटसम्म बिजुली आपूर्ति गरिनेछ भारतीय राजदूत रन्जित रायले भने,‘प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको घोषणाअनुसार तत्काल नेपाललाई उज्यालो पार्न यो परिणाममा बिजुली दिनेछौँ। यो अल्पकालीन सहयोगमात्र हो, दीर्घकालमा नेपालले बिजुली उत्पादन बढाएर निकासी गरी भारतको अर्थतन्त्र बृद्धिमा सहयोग पुर्‍याउनेछ।’

हाल नेपाल भारत १२ नाकाबाट २०० मेगावाट हाराहारीमा बिजुली आयात भइरहेको छ। २ वर्षभित्रमा कटैया–कुसाह र रक्सौल–परवानीपुरबाट १००, क्रसबोर्डरबाट ४८० र २२० केभी प्रसारणलाइनबाट थप १०० गरी कुल ९४० मेगावाट बिजुली आपूर्ति गरेर नेपाललाई उज्यालो पार्ने राजदूत रायले स्पष्ट परे। अहिले २४० मेगावाटसम्म आयात भइरहेको छ।( कारोबार दैनिकबाट)