घर बनाउन नबनाउनेबारे अन्योलमा भूकम्पपीडित, कोही सरकारको आशमा

माघ १७, काठमाडौ– महिनौ बित्दा पनि सरकारी सहयोग पाउने छाँट नदेखेपछि पीडितहरु अहिले घर बनाउने कि नबनाउने अन्योलमा छन्।

केहीले आफ्नै नक्सा र डिजाइनमा घर बनाउन थालेका छन्। अधिकांश भने सरकारी अनुदानकै आशा गरिरहेका छन्। भूकम्पपछि अर्को वर्षात सुरु हुन लाग्दा पनि सरकारले घर बनाउने नम्सा र अनुदान नदिएको गुनासो पीडितको छ।

सरकारले भूकम्पपीडितको घर निर्माणको सर्वेक्षण गर्न हाल करिब ६ सय इन्जिनियर दोलखा लगायत जिल्लामा पुगेको जानकारी दिएको छ।पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले थप इन्जिनियर नियुक्त भएपछि बढी प्रभावित जिल्लामा खटाइने बताए।(कान्तिपुर दैनिकबाट)