युवा शक्तिलाई स्वदेश फर्काउने योजना छः मन्त्री मानवी

माघ १४, काठमाडौं–पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले विदेश पलायन युवा शक्तिलाईँ स्वदेशमै काम गर्ने वातावरण बनाउन आफ्नो मन्त्रालयले कार्ययोजना बनाएको बताएकी छन् ।

बिहीबार संवाद डबलीमा ब्राइट नेपालले भूकम्पपीडितलाई गरेको सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै मन्त्री मानवीले देशको युवा शक्ति विदेश पलायन हुँनबाट नरोकेसम्म देशका विकास सम्भव नभएको भन्दै आफ्नो मन्त्रालयले यस्तो योजना बनाएको बताइन् ।

‘नेपाल हरेक कुराहरुमा आत्मनिर्भर हुनसक्ने देश हो, एक वर्षभित्रमा अण्डा, दुई वर्षभित्र मासु र तिन वर्षभित्रमा दुधमा पनि हामी अत्मनिर्भर बन्न सक्छौं’ मन्त्री मानवीले भनिन् । मन्त्रालयले तयार गरेको ४० बुँदे प्रतिबद्धता कार्यन्वयन भए युवा शक्ति विदेश जान बाट रोकिने दाबी मन्त्रीले मानवीले गरिन् ।

आफ्नो पशुपंक्षी मन्त्रालय समालेको एक महिनाको समिक्षा गर्दै उनले राम्रो काम गर्ने हौसला बढेको बताइन ।
ब्राइट नेपालले नुवाकोटकी इश्वरी पौड्याललाई राहत हस्तान्त्रण गरेको थियो । मन्त्री मानवी र ब्राइट नेपालकी अध्यक्ष पुनम देवले संयुक्त रुपमा राहत हस्तान्त्रण गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै ब्राइट नेपालकी अध्यक्ष देवले भूकम्प प्रभावित क्षेत्रमै गएर सहयोग गर्दै आएको बताउँदै अगामी दिनमा पनि सहयोग गर्दे जाने बताइन् ।