औषधि व्यवसायी संघका पूर्वअध्यक्षको निधन

माघ १४, काठमाडौं– नेपाल औषधि व्यवसायी संघका पूर्वअध्यक्ष विनोदमान राजभण्डारीको निधन भएको छ ।
राजभण्डारीको ६५ वर्षको उमेरमा मंगलबार उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको संघका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले जानकारी दिए । उनी संघको दुई कार्यकाल अध्यक्ष भएका थिए ।
२००७ साल फागुनमा जन्मिएका राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको पार्थिव शरीरमा संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले संघको झण्डा ओढाएका थिए । उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।