बहिर्गमित जनमुक्ती सेनाको राष्ट्रिय भेला

माघ १४, काठमाडौं–बहिर्गमित जनमुक्त सेना नेपालले सरकारले आफूलाई प्रति लडाकु दिने भनेको दुई लाख रुपैया नदिएर सहमति उल्लंघन गरेको भन्दै सहमति कार्यान्वयनको लागि चौतर्फी दवाव सृजना गर्ने भएको छ ।
यसका लागि सस्थाले पत्रकार सम्मेलन गरी आगामी फागुन १ गते राजधानीमा राष्ट्रिय भेला गर्ने  जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै ईन्चार्ज लालचन्द्र विकले राज्यले आफूहरुसँग गरेको सहमति पालना नगरेकोले त्यसका विरुद्ध रणनीति तय गर्न राष्ट्रिय भेला आयोजना गरिएको भन्दै राष्ट्रिय भेला पछि संगठन अझै शसक्त रुपमा अगाडि बढ्ने दावी गरे ।
संयोजक अर्जुन बुढाथोकीले शान्ति प्रक्रिया निष्कर्समा पुर्याउने सवालमा राज्यले आफूहरुलाई धोका दिएको भन्दै त्यसको शसक्त प्रतिबाद गर्ने चेतावनी दिए ।