यु–१९ विश्वकप क्रिकेटमा नेपाल न्यूजिल्याण्डविरुद्ध व्याटिङमा

बंगलादेशमा जारी अन्डर १९ वल्र्ड कप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध नेपालले अहिले व्याटिङ गरिरहेको छ। न्यूजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको हो।

बंगलादेशस्थित चितागङ्गमा भइरहेको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले अहिले न्यूजिल्याण्डविरुद्ध व्याटिङ गरिरहेको छ। नेपालले तीन विकेट गुमाएको छ।  सन्दीप सुनुवार ३९, सुनिल धमला १५ र योगेन्द्र कार्की ६ रन जोड्दै पभिलियन फर्किएका छन्।

नेपाल टेष्ट मान्यता राष्ट्र न्यूजिल्याण्डविरुद्ध जित दर्ता गर्दै प्रतियोगीताको सुरुवात गर्ने ध्याउन्नमा छ। तर नेपाललाई न्यूनिल्याण्डमाथि जित हासिल गर्न भने त्यत्ति सजिलो भने छैन।

यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक राष्ट्र बंगलादेश र इङ्ल्याण्ड विजयी भएका थिए। बंगलादेशले दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गरेको थियो भने फिजीमाथि इङ्ल्याण्डले २ सय ९९ रनको फराकिलो जित दर्ता गरेको थियो।

समूह डीमा रहेको नेपालले शनिबार आयरल्याण्डसँग खेल्नेछ। यस्तै नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आफ्नो समूहको अन्तिम खेलमा सोमवार खेल्नेछ।