१०६औँ महिला श्रमिक दिवस मनाउन समिति

माघ १४, काठमाडांै–यस वर्षको १०६औँ महिला श्रमिक दिवसको नारा ‘सन् २०३० सम्म पृथ्वी ५०÷५० लैङ्गिक समानताका लागि प्रयास बढाऔँ, सन् २०३० सम्म महिला पुरुष ५०÷५० लैङ्गिक समानताका लागि प्रयास बढाऔँ’ भन्ने तय गरिएको छ ।
मार्च ८ मा प्रत्येक वर्ष मनाइने अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका लागि महिला, बालबालिका तथा समाज कल्याणमन्त्रालयले मूल आयोजक समारोह समितिको गठन समेत गरिएको छ ।
उपप्रधनमन्त्री तथा महिलामन्त्री सीपी मैनालीले महिला तथा पुरुषबीचको असमानतालाई न्यूनीकरण गर्दै पूर्ण समानतातर्फ लाग्नुपर्ने आजको आवश्यकता हो भने ।