नेपालमा भ्रष्टाचार बढेको बढ्यै

माघ १४, काठमाडौं– सरकार, न्यायालय तथा संसदलगायतमा भइरहेका सार्वजनिक पदको दुरुपयोगका कारण नेपालमा भ्रष्टाचारको मात्रा अझै बढदै गएको देखिएको छ। ज्यादा भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा परेको नेपाल गत वर्षभन्दा २ अंक कम पाएर थप ४ स्थान माथि उक्लिएको छ।
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स ९सिपिआई० अनुसार, गत वर्ष २९ अंक पाएको नेपाल यस वर्ष २७ अंकमा सीमित भएको छ। सन् २०१४ मा १७५ मुलुकमध्ये १ सय २६ औ स्थानमा रहेको नेपाल सन् २०१५ मा १ सय ६८ मुलुकमध्ये १ सय ३० औ स्थानमा परेको छ।

प्राप्तांक बढ्ने मुलुकको बरियताक्रम पनि अगाडी बढ्ने हुन्छ। सूचक अनुसार १ अंकमा परेको डेनमार्क सबभन्दा कम भ्रष्टचार हुने मुलुक मानिन्छ भने बढी भ्रष्टाचार हुने सोमालिया र उत्तर कोरियो सबभन्दा पुछारमा छन्।

नेपालमा सार्वजनिक पद दुरुपयोगका घटनाहरु नियन्त्रण हुन नसकेको संकेत देखिएको टीआई नेपालका अध्यक्ष भरतबहादुर थापाले बताए।(कान्तिपुर दैनिकबाट)