सामाजिक सुरक्षा कोषमा अनियमितताः कोषमै जम्मा नभई सकियो १५ अर्ब

माघ १४, काठमाडौं– सामाजिक सुरक्षा कोषको नाममा संकलन गरिएको झन्डै १५ अर्ब रुपैयाँ विनाकाम सकिएको छ। संचालनमा आएको ६ वर्षभन्दा बढी समय बितिसक्दा पनि कोषको रकम लक्ष्यअनुसार नभई आफूखुसी खर्च गरिँदै आएको हो।
कोषका कार्यकारी निर्देशक राजु थापाले कोष सञ्चालनमा आएको आधा दशकभन्दा बढी समय बितिसके पनि हालसम्म कोषको रकम परिचालन सम्बन्धी कुनै पनि काम आफैले गर्न नपाएको बताए। कोष सञ्चालनमा आएपनि त्यससम्बन्धी ऐन नियमको व्यवस्था नहुँदा त्यस्तो समस्या आएको उनको भनाई छ।

सरकारले आर्थिक वर्ष २०६६÷६७ देखि सामाजिक सुरक्षा कोषको नाममा रोजगारीबाट पारिश्रमिक प्राप्त गर्ने कर्मचारी तथा कामदारबाट मासिक पारिश्रमिक भुम्तानीमा १ प्रतिशतका दरले समाजिक सुरक्षा कर कट्टी गर्दै आएको छ।
रोजगारी गर्ने व्यक्तिलाई कुनै अप्ठ्यारो परे त्यस्ता व्यक्तिको सहयोगका लागि कोषको अबधारणाा आएको हो।(राजधानी दैनिकबाट)