पुसमा १०६ महिला हिंसामा

माघ ११, काठमाडौ–पुस महिनामा देशभरमा १०६ महिला हिंसामा परेको एक अध्ययनले देखाएको छ ।
महिला पुनः स्थापना केन्द्र(ओरेक) ले प्रकाशन गर्ने मासिक प्रतिवेदनका अनुसार ४६ प्रतिशत महिला घरेलु हिंसाबाट पीडित भएको देखिएको छ ।
यस्तै १४ प्रतिशत महिला शारीरिक यातनाका शिकार भएका थिए भने ११ प्रतिशत महिला मानसिक यातनाबाट पीडित थिए ।
यसैगरी ८ प्रतिशत महिला तथा किशोरी बलात्कारको शिकार भएका थिए तीमध्ये ६ जनाको बलात्कारपछि हत्या गरिएको थियो । एक प्रतिशत महिला सामुहिक बलात्कारमा परेको देखिएको छ ।