भूकम्पपीडितका लागि ताम्राकार समाजको कम्वल र म्याट

माघ ११, काठमाडौं–ललितपुरको जावलाखेलस्थित ताम्रकार समाजले भूकम्पपीडितलाई कम्बल तथा म्याट वितरण कार्य थालेको छ ।

टेवा नामक संस्थाको आर्थिक सहयोगमा भूकम्पपीडित लागि उक्त व्यवस्था गर्न लागिएको जानकारी दिएको छ ।

उक्त कार्यक्रमको शुभारम्भ गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले भूकम्पपीडितका लागी ताम्रकार समाजले गर्दैआइरहेको राहतका कार्यहरु सह्रानीय भएको बताए ।

उनले भूकम्पपीडितका लागि प्रशासनले पनि सक्दो सहयोग गरिरहेको वताउँदै धरापमा परेका एवं नष्ट भएका सम्पदाहरुको पुनः निर्माण प्रशासनको प्राथमिकतामा रहेको बताए ।

समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले ठूलो मन भएका समाजका सदस्यहरुका कारण राहत कार्यक्रममा समाज सक्रिय रुपमा अगाडी वढ्न सकेको वताए । ऐतिहासिक कला, सँस्कृति, सम्पदाले भरिएको ललितपुर नगरीमा भूकम्पको राहत वितरणमा सरकारी तवरवाट ढिलाई गर्न नहुने वताए ।

भूकम्पपीडितलाई राहत वितरण कार्यलाई निरन्तरता दिने उनले जानकारी दिए ।