संसद भवन पुतली बगैंचामै बनाउन सुझाव

माघ ११, काठमाडौं– संसदको नयाँ एवं आधुनिक भवन सिंहदरबारसिथ्त पुतली बगैंचामा बनाउन सरकारलाई सुझाव दिइएको छ।

सांसदका महासचिव मनोहरप्रसाद भट्टराई संयोजकत्वको समितिले अर्थमन्त्री बिष्णु पौडेललाई आइतबार संसद भवनको स्थान छनोट गरी सुरक्षा, स्रोत साधन र श्रमका दृष्टिकोणले सिंहदरबारभित्रै संसद भवन बनाउन सुझाव दिएको हो।

सरकारले संसदका महासचिव भट्टराईको संयोजकत्वमा कानुन मन्त्रालय, सहरी विकास, भूमिसुधार मन्त्रालय र संसद सचिवालयका सचिव सदस्य रहेको संसद भवन निर्माणस्थल छनोट समिति गठन गरेको थियो।

२०५५ सालमै पुतली बगैंचामा संसद भवन बनाउने निर्णय गरेपनि काम अघि बढ्न सकेको छैन। (अन्नपूर्ण पोस्टबाट)