रामसपा अध्यक्ष शरतसिंह भण्डारी कांग्रेसको क्रियाशील सदस्य

माघ ११, काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का अध्यक्ष शरतसिंह भण्डारीदेखि लिएर संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वकृषि मन्त्री हरिनारायण यादवसम्मलाई पार्टीको क्रियाशील सदस्यका रुपमा कायम राखेको छ।

कांग्रेस निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको क्रियाशील सदस्यको सूचीमा ११ औं महाधिवेशनलगत्तै पार्टी परित्याग गरेका भण्डारीलगायतका पूर्वनेताहरुलाई समेत क्रियाशील सदस्यका रुपमा अद्यावधिक गरेको पाइएको छ।

क्रियाशील सदस्य छानबिन समितिको लापरबाहीका कारण अर्कै पार्टीका अध्यक्षलाई समेत कांग्रेसको क्रियाशील सदस्यका रुपमा अद्यावधिक गरेर गम्भीर त्रुटि गरेको पाइएको छ। भण्डारीको महोत्तरी ६ र यादवको महोत्तरी २बाट क्रियाशील सदस्यको सूचीमा नाम रहेको छ।(राजधानी दैनिकबाट)