त्रिविको विज्ञापनविरुद्ध नयाँ शक्ति विद्यार्थी अभियान आन्दोलनमा

माघ ९, काठमाडौ– त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापकको लािग खोलिएको विज्ञापनकाविरुद्ध नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानले आन्दोलनको घोषणा गरेका छन् ।
अभियानले आयोजना गरेको पत्रकार सम्मेलन गरी घोषणा गरेको आन्दोलनका कार्यक्रममा माघ १० गते देशैभरीका आंगिक क्याम्पसका प्रमुखलाई बोधार्थ ज्ञापन बुझाउने, ११ गते सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा विरोध प्रर्दशन गर्ने, १० देखि १२ गतेसम्म त्रिवि सेवा आयोग अगाडि धर्नासहित हस्ताक्षर संकलन गर्ने, १२ देखि १३ गतेसम्म सरोकारवालासँग अन्र्तक्रिया गर्ने, १३ गते संकलित हस्ताक्षर सेवा आयोगलाई बुझाउने, १४ देखि १६ गतेसम्म क्याम्पसमा सरोकारवालासँग अन्र्तक्रिया गर्ने रहेको छ ।
पत्रकार सम्मेलनमा अभियानका संयोजक ओमकुमारी पौडेलले करारमा रहेका आफ्ना निकटकालाई स्वतः स्थायी गर्न विज्ञापन ल्याईएको भन्दै यसले विश्वविद्यालयलाई धारासायी बनाउने दावी गरिन् ।