डोटीमा आगलागीमा एकजनाको मृत्यु

माघ ७, काठमाडौं–डोटीको सिलगडीमा आगलागीमा परी दिपायल सिलगडी नगरपालिका–७ राजपुरका ५० वर्षीय भीमसिंह सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

राजपुरकै गोरखबहादुर खत्रीको टिनको टहरामा परिवारसहित बस्दै आएका सुनारको डेरामा गएराति आगलागी भएको हो। आगलागीमा आगोले जलेर गम्भीर घाइते भएका सुनारको सुजङ अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उज्यालोका लागि बालेको मैनबत्ती ढलेर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।