प्रमुख तीन दल र मधेसी मोर्चा छलफलमा

माघ ७, काठमाडौं– प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेतावीच छलफल हुँदैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा छलफल हुनेछ।

मोर्चाले कार्यदलस्तरमा नभई अध्यक्षस्तरमा मात्रै वार्ता हुने बताएपछि प्रमुख तीन दल  र मधेसी मोर्चाका शीर्ष नेताहरुवीच ११ बुँदे मागबारे छलफल हुन लागेको हो।

संसद बैठकमा संविधान संशोधनका लागि सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावमाथिको छलफल बिहीवारबाटै सुरु हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्षस्तरको बैठक बोलाएका हुन्।

वैठकमा प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी हुनेछन्। यसअघि मोर्चाले आफूहरुका माग सम्बोधन गर्ने विषयउमा सरकार र प्रमुख तीन दल गम्भीर नभएको भन्दै मधेसी मोर्चाले सरकारसँग वार्ता गर्न गठन गरेको कार्यदलको औचित्य समाप्त भएको घोषणा गरेको थियो।