अहिलेको शिक्षाले आन्दोलनकारी जन्माउने ः अर्थसचिव

माघ ५,भक्तपुर  –अर्थसचिव लोकदर्शन रेग्मीले अहिले शिक्षा प्रणाली आन्दोलनकारी मात्रै जन्माउने रहेको बताए ।
रिपोटर्स क्लव भक्तपुरले आयोजना गरेको युवा स्वरोजगार कोषको लगानी र त्यसको प्रतिफल विषयक अन्तत्र्रिmयामा बोल्दै उनले अहिले शिक्षा व्यावसायिक र प्राविधिक भन्दा पनि राजनीतिशास्त्रको पढाइ हुने मानविकि संकायबाट ठुलो जनशक्ति उत्पादन भएकोले अधिकारको मात्रै खोजी गर्ने तर कर्तब्य निर्वाह र व्यावसायिक सानो काम गर्न नसक्ने बताए । अबका दिनमा आत्मनिर्भर हुन र व्यावसायिक बन्न प्राविधिक शिक्षा दिनुपर्ने प्रष्ट पारे ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोद गुरागाईले भारतको नाकाबन्दीबाट नेपाली युवाले सवक सिकेको बताउँदै विगतमा पनि बारम्बार नाकाबन्दी गर्दै आएको भारतले आगामी दिनमा पनि नगर्ला भन्न नसकिने दावीगर्दै युवा पुस्ताले स्वरोजगार कोषलाई सदुपयोग गर्नुपर्ने विचार व्यक्त गरे । इजरायल सानो देश भएपनि आवश्यकता आपैm पूर्ति गर्न सक्षम भएको उदाहरण दिँदै हामी पनि सक्छौँ भने । भएको पूँजी गाडी मोटरसाइकल खरिद गर्न प्रयोग गरेको तर उत्पादनमा नलगाएकोमा चिन्ता व्यक्त गर्दै उनले युवा पुस्ताले देश परिवर्तन गर्नुपर्ने विचार राखे । बैंकले नाफामात्रै खोज्छ तर सहकारीले सेवामुलक कार्य गर्ने भएको हुँदा सहकारीमार्पत कोषको लगानी गरेको बताए