भूकम्पपीडित क्षेत्रमा न्यानो कपडा हारालुछ

माघ ३, काठमाडौं –  शनिवार परेकाले स्कुले बालबालिका हेलिप्याडमा झुम्मिएका थिए। हेलिकप्टरले ल्याएको न्यानो कपडा बोक्न कतिपय बालबालिका आफै पनि तम्सिएका थिए।
हेलिकप्टरतिर दौडन्थे भने कपडा बोकेर फर्कन्थे। क्पडाका पोका लिन बालबालिकामा हारालुछ नै थियो। उनीहरु रहरले अभिभावकसँगै वितरणस्थलमा पोका पुर्‍याउन तम्सेको देख्दा स्थानीयबासीलाई नगदभन्दा न्यायो कपडा आवश्यक छ भन्ने महसुस हुन्थ्यो।

उनीहरुलाई जोन्टा क्लब नामक समाजसेवी महिलाको संस्थाले न्यानो कपडा वितरण गरेको हो। संस्थाले सिर्दीबासका ६ सय ६६ र करौजाका ८ सय ८४ धरधुरीलाई कम्बल, टोपी, पन्जा, मोजा, स्वेटर, बालबालिकाका  लागि न्यानो कपडा वितरण गरेको हो।

गेरखाको उत्तरपूर्वी विकट गाविस करौजाका ७ सय ८४ घरधुरी बैशाखद १२ गतेकै भूकम्पले क्षति पुर्‍याएको थियो। बचखुचेका घरहरु बैशाख २९ र त्यसपछिका परकम्पनले सबै खण्डहरुमा परिणत भएका थिए। करौजाको नियमति किनमेल गर्ने बजार २ दिन टाढाको आरुचनौटे हो। राहत आएको न्यानो कपडा देखेर बालबालिका औधी खुसी भए।(कान्तिपुर दैनिकबाट)