अवैध रुपमा बस्ने विदेशीबाट साढे २ करोड असुली

माघ ३, काठमाडौं – नेपालमा धेरै अमेरिकन अवैध रुपमा बस्दै आएको तथ्य खुलेको छ । एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै आएको पाइएको छ ।
सन् २०१५ मा नेपालमा अवैध रुपमा बस्दै आएका ३६ जना विदेशीलाई नेपाल सरकारले कारबाही गरी निष्कासन गरेको छ । अध्यागमन ऐनविपरीत नेपालमा विभिन्न काम गरेर बस्ने अमेरिकी नागरिकलाई निष्कासन गरिएको हो । अमेरिकासहित अन्य ३२ देशका नागरिक नेपालमा गैरकानुनी रुपमा बस्दै आएपछि सरकारले निष्कासन गरेको हो । फ्रान्स, जापान, बेलायत, जर्मनी, जापान, अस्ट्रेलिया, नेदरल्यान्डजस्ता समृद्ध देशका नागरिकसमेत नेपालमा अवैध रुपमाख बस्दै आएको खुलेको छ । (नयाँ पत्रिका दैनिकबाट)