जिल्लाभरका सबै हेडमास्टर अस्थायी

माघ ३, बागलुङ – जिल्लाभरका ५ सय २८ सामुदायिक विद्यालयका सबै हेडमास्टर (प्रधानाध्यापक)अस्थायी छन् । स्थायी प्रअ नियुक्ति नहुँदा सबै विद्यालयको पढाइ र प्रशासन निमित्तका भरमा चलेको हो ।

सरकारको अनुदनमा सञ्चालित विद्यालय व्यवस्थापन समितिको राजनीतिक इच्छाका कारण स्थायी प्रअ नियुक्ति हुन नसकेको हो । समितिमा बस्ने राजनीतिक दलका प्रतिनिधिहरुले माग नगरेपछि स्थायी प्रअ नियुक्ति हुन नसकेको हो । स्थायी प्रअका लागि समितिले जिल्ला शिक्षामा सिफारिससहितको माग गर्नुपर्ने प्रावधान छ ।

वरिष्ठ शैक्षिक योग्यता पुगेको, स्थायीलगायत सूचक पूरा गरेको शिक्षक विद्यालयको प्रअ हुने प्रावधानलाई समितिले मिचेको पाइएको छ । समितिले सिफारिस नगरेपछि अस्थायी वा निमित्तलाई नै कार्यालयले मान्यता दिन बाध्य छ । (कान्तिपुर दैनिकबाट)