राजेन्द्र महतो आइतबार नेपाल फर्किने

माघ, २ काठमाडौं–
सदभा्वना पार्टीका अध्यक्ष राजेन्द्र महतो भोलि आइतबार स्वदेश फर्कने भएका छन् ।

मधेसी मोर्चाका नेता महतो आइतबार काठमाडौं आउने सदभावना महासचिव मनिष सुमनले जानकारी दिए । विराटनगर भन्सार नाकामा धर्ना दिने क्रममा भएको झडपमा घाइते भएपछि महतो उपचारका लागि दिल्ली गएका थिए ।

उपचारपछि एक साता दिल्ली बसेका महतोले भारतका सत्तारुढ र विपक्षी दलका नेताहरुसँग भेटवार्ता गरेका छन् ।