राष्ट्रपतिबाट पुनःनिर्माण महाअभियानको सुरुवात

माघ, २ काठमाडौं–
भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण महाअभियान सुरु गरेकी छन् ।
उनले शनिबार रानीपोखरी पुनर्निर्माणको शुभारम्भ गरेकी हुन् । वैशाख १२ को विनाशकारी भूकम्पले रानीपोखरीमा पनि क्षति पुगेको छ ।
रानीपोखरीमा आयोजित कार्यक्रममा उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु लगायतको उपस्थिति थियो ।
पुनर्निर्माण प्राधिकरणको कार्ययोजना अनुसार औपचारिक उद्घाटन आज भएपनि पुनर्निर्माण भने तीन महिनापछि मात्र सुरु हुनेछ ।