फुटसल खोल्न कार्यदल

माघ १, काठमाडौँ– काठमाडौंका फुटसलहरु बन्द भएपछि त्यसलाई व्यवस्थित गरेर खोल्न एक कार्यदल बन्ने भएको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फुटसल व्यवसायीहरुसँग भएको छलफलमा मापदण्ड तय गर्नका लागि कार्यदल बनाउने सहमति भएको हो ।

जिल्ला प्रशासन, फुटसल व्यवसायी, काठमाडौं प्रहरी, घरेलु तथा साना उद्योग र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि उक्त कार्यदलमा रहने सहमति भइसकेको एसपी विश्वराज पोखरेलले जानकारी दिए ।

उनले  कार्यदल बनाई मापदण्ड तय गरेर मात्रै अब फुटसल खोल्न दिइने बताए।  फुटसलको मापदण्ड के रु, संचालन गर्न कति समय दिने, फुटसललाई कानुनी र कार्यविधि दायरामा कसरी ल्याउने जस्ता विषय कार्यदलले टुंगो लगाउने उनले बताए ।