दोलखाका भूकम्पपीडितलाई सहयोग

माघ १, काठमाडौँ–कमलपोखरी स्थित इस्लिङटन कलेजले दोलखाको बुलुङ र लादुक गाबिसका ९ सय भूकम्प पीडितलाई ब्ल्याङकेट वितरण गरेको छ ।

कलेजका विद्यार्थी , शिक्षक र कर्मचारीको सहयोगमा कलेजका अध्यक्ष सुलभ बुढाथोकी लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमै पुगेर सहयोग गरेका थिए ।

बुलुङमा जिल्ला दैवी प्रकोप उद्धार समितिले भूकम्प पीडित कार्ड वितरण गरेको ८ सय १५, लादुक गाबिसका ७४ घर का  दलित परिवार  र लामिडाडा स्थित कालिनाथ उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ११ विद्यार्थीलाई ब्ल्याङकेट वितरण गरिएको कलेजका अध्यक्ष बुढाथोकीले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजले पीडितहरुलाई ब्लाङकेट वितरण गरिएको उनले बताए ।

यसैगरी कलेजले सारदा माध्यमिक विद्यालय र बुलुङखानी प्राथमिक विद्यालयका ४ सय भन्दा बढी विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री समेत वितरण गरेको थियो । सामाजिक कार्यलाई निरन्तरता दिने उनले जानकारी दिए ।