सन् २०१५ मा साढे ४ अर्ब घन्टा पोर्न साइटमा

विश्वभरबाट सन् २०१५ मा झन्डै साढे ४ अर्ब घन्टा समय मानिसहरुले पोर्न साइटमा बिताएको तथ्य सार्वजनिक भएको छ। केही दिनअघि सार्वजनिक सो तथ्यमा २०१५का ४ अर्ब ३९ करोड २४ लाख ८६ हजार ५ सय ८० घन्टा समय मानिसहरूले पोर्न साइटमा बिताएका हुन्। यो समय मानिस जाति संसारमा अस्तित्वमा आएदेखि अहिलेसम्मको समयभन्दा साढे दुई गुना बढी समय हो।

यसले १८९२  पेटाबाइट स्पेश ओगटेको थियो। जुन सन् २०१५ मा बिक्रि भएका सबै आइफोनको स्टोरेज क्षमता बराबर हो। गत वर्ष २१।२ अर्ब पटक पोर्न साइट खोलिएका थिए।

सबैभन्दा बढी पोर्न साइट हेर्ने पहिलो देशमा अमेरिका रहेको छ भने बेलायत दोस्रो नम्बरमा रहेको छ। यसअघि तेस्रो नम्बरमा रहेको क्यानडालाई उछिन्दै भारत तेस्रो नम्बरमा पुगेको छ। भारतमा गत वर्षमात्रै सरकारले  कडा नीति अपनाएको थियो। र कतिपय पोर्न साइटमा प्रतिबन्धसमेत लगाएको छ।