नाटाको नेतृत्वका लागि धाख्वा समूहले दियो उम्मेदवारी

पुस ३०, काठमाडौ–नेपाल एशोसिएसन अफ टुर्सं एण्ड ट्राभल्स एजेन्टसको नयाँ नेतृत्वका लागि वर्तमान महासचिव मिहीका राज्य लक्ष्मी शाह धाख्वा को नेतृत्वमा उम्मेदवारी घोषणा भएको छ ।

पत्रकार सम्मेलनको आयेजना गरी धाख्वाको नेतृत्वमा १५ सदस्यीय टिमले उम्मेदवारी घोषणा गरेको हो ।
सो समूहको अध्यक्षमा धाख्वा छिन भने प्रथम उपाध्यक्षमा केदारनाथ दवाडी, द्धितिय उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा ठाकुर प्रसाद ढुङगाना, सचिवमा कमला गुरुङ, कोषाध्यक्षमा तिलक थापा मगर, सह कोषाध्यक्षमा फुदोमा शेर्पा, सदस्यहरुमा सुरेश अंगाई, अमृतकुमार ढकाल, विनोद कार्की, गोविन्द दाहाल, सुरेश केसी, सुरेन्द्र भट्टराई, यज्ञमुर्ति आचार्य र अनिलकुमार थापा रहेका छन ।
पत्रकार सम्मेलनमा  धाख्वा समूहका सदस्यहरुको ब्यक्तिगत विवरण र भावी कार्ययोजना समेटिएको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको थियो । जसमा पर्यटन प्रर्वद्धन गर्न सरकारी स्तरमा पहल गर्ने, पर्यटक गन्तब्यलाई पर्यटक मैत्री बनाउने, टुरिष्ट बसपार्क ब्यवस्थाकोलागि पहल गर्ने, क्षेत्रीय गन्तब्यको विकास र प्रर्बद्धन गर्न अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग समन्वय गर्ने, अनाधिकृत रुपमा सञ्चालित टुर एवम ट्राभल्सलाई नियन्त्रणमा लिने, नाटा मितिया एण्ड रिसर्च सेन्टरलाई समयानुकुल विस्तार गर्ने, नाटा बेभसाईडलाई बीटुसी प्लेटफर्मको रुपमा विकास गर्ने, बास्केट फण्डको विकास गर्ने, भुक्तानी नेपाली मुद्रामै गर्न बीएसपी भुक्तानीको ब्यवस्था मिलाउने र बर्तमान कार्यसमितिले अगाडि बढाएका योजनालाई निरन्तरता दिने रहेको छ ।

जसमा सन् २०१६ मा २ लाख ५० हजार चिनियाँ पर्यटक भित्राउने लक्ष्य पुरा गर्न सक्रिय रहने, नाटा ५० वर्ष पुगेको उपलक्ष्यमा गोल्डेन जुब्ली वर्षको रुपमा मनाउने, चिनिया पर्यटकहरुमाझ गन्तब्य नेपाललाई स्थापित गर्ने कार्यकालागि आवश्यक तालिम, अनुसन्धान तथा ब्राण्डिङ गर्ने कार्य गर्न चिन आउटबण्ड टुरिज्म रिसर्च ईन्स्टीच्यूटसँग साझेदार गर्ने रहेको छ ।