सुशील कोइराला सस्थागत धाँधली गर्न लागेको जिल्ला सभापतिहरुको आरोप

पुस २९, काठमाडौ–क्रियाशील सदस्य विवादमा लामो समयदेखि अनसनमा बसेका नेपाली काग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले पार्टी सभापति सुशील कोइराला १३ आँै महाधिवेशनलाई लिएर अहिलेदेखि सस्थागत धाँधलीमा लागेको आरोप लगाएका छन ।

सबै क्रियाशील सदस्यलाई मान्यता दिनु पर्ने माग गर्दै अनसनमा बसिरहेका सोलुखुम्बु, कैलाली र रौतहटका पार्टी सभापतिहरुले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर सदस्य छानवीन गर्न बनाएको समितिको प्रतिवेदनलाई बाईपास गरेर पार्टीमा ब्यवस्था हुँदै नभएको पदाधिकारी बैठकको नामबाट सदस्य खारेज गर्ने काम गरेर महाधिवेशनमा धाँधलीको सुरुवा गरेको आरोप लगाएका हुन ।
पत्रकार सम्मेलनमा सोलु काग्रेस सभापति आङ गेलु शेर्पाले पार्टीको पदाधिकारीको नामबाट आएको निर्णय अवैद्यानिक भएको र यसले सभापति कोइराला आफै धाँधलीमा लागेको पुष्टि भएको भन्दै यसलाई आफूहरुले महाधिवेशनको एजेण्डा बनाएर लैजाने चेतावनी दिए ।

उनले पार्टीभित्र गुटबन्दीको मुल नाईके सभापति कोइराला भएको दावी गर्दै पार्टीका आफ्नो गुटको कठपुतली बनाएकोले त्यसका विरुद्ध संघर्ष जारी राख्ने चेतावनी दिए ।

उनले भने,‘आफ्ना विरोधी ठानेकाको क्रियाशिल सदस्यता रद्ध गरेका छन । आफू नजिकको मान्यता दिएका छन । यो १३ औं महाधिवेशन लक्षित धाँधली हो ।’

रौतहट जिल्ला सभापति कृष्णप्रसाद यादवले पदाधिकारीको नामबाट आएको निर्णय पार्टीकोलागि दुर्भाग्यपूर्ण भएको भन्दै यसले मधेसमा काग्रेसलाई झन ठूलो चुनौति दिएको दावी गरे । उनले यसलाई महाधिवेशनसम्म मुद्दा बनाएर लिएर जाने समेत चेतावनी दिए ।

उनले भने,‘ यो निर्णयले मधेसमा ५० हजार यूवा काग्रेस हुनबाट बञ्चित भएका छन । यसले काग्रेसलाई थप कमजोर बनाउँछ ।’

काग्रेस कैलाली सभापति नरनारायण शाहले छानविन समितिको प्रतिवेदन पूर्ण बैठकमा लिएर गएर कार्यान्वयन गर्नु पर्ने भन्दै सभापति कोइरालाको निर्णय पराजित मानसिकताको उपज भएको टिप्पणी गरे ।

यसले ब्यक्ति जिते पनि सिंगो संगठन पराजित हुने भन्दै यस्तो निर्णय तत्काल सच्याउन माग गरे ।