फुटेका मन्त्रालयमा भद्रगोल

पुस २९, काठमाडौँ–थपिएका र साविकको मन्त्रालय फुटाएर बनाइएका नयाँ मन्त्रालयहरुमा जनशक्ति व्यवस्थापन र भौतिक व्यवस्थापन नहुँदा दैनिक कामकाज अहिले निकै भद्रगोल अवस्थामा रहेको पाइएको छ।

मन्त्रालय फुटाइएको दुई साता बितिसक्दा पनि अझैसम्म स्पष्ट काम बाँडफाँडको निर्णय नहुँदा कुन काम कसले गर्ने भन्ने अन्योल देखिएको छ। त्यसैगरी मन्त्री र सचिवबाहेक नयाँ मन्त्रालयमा कुन कर्मचारी कता रहने भनि टुंगो नलाग्दा पनि उत्तिकै अन्योलको अवस्था रहेको छ।

अर्बौ खर्च बढ्ने गरी बढाइएका मन्त्रालयहरु कर्मचारी, भौतिक पूर्वाधार व्यवस्थापन, क्षेत्राधिकार, स्रोत साधन र कामको बाँडफाँडमा कर्मचारीहरुवीच नै लडाइँ चलेको अवस्था छ। समन्वयको अभावमा एउटा मन्त्रालयले भनेको अर्कोले नटेर्ने प्रवृत्ति पनि विस्तारै सुरु भएको छ।(नेपाल समाचार पत्र दैनिकबाट)