पाँच सचिवको वैधानिकतामाथि कितावखानाले उठायो प्रश्न

पुस २९, काठमाडौँ– सरकारले सचिवजस्तो महत्वपूर्ण पद हचुवाकै आधारमा सिर्जन गरेको भन्दै निजामती किताबखानाले पद दर्ता गर्न अस्वीकार गरेको छ।

किताबखानाले सचिव पद दर्ता गर्न अस्वीकार गरेपछि सरकारले थपेका पाँच सचिव पदको बैधानिकतामाथि प्रश्न चिन्ह सिर्जना भएको छ। सरकारका हेरक पद निजामती किताबखानामा दर्ता गर्नु पर्ने कानुनी प्रावधान छ।

निजामती सेवा ऐनको दफा ६ क अनुसार किताबखानामा पद दर्ता हुन अनिवार्य रुपमा ओ एन्ड एम सर्भे गर्नुपर्छ। सरकारले ओ एन्ड एम सर्भेविनै सचिव पद सिर्जन गरेकाले किताबखानाले सचिव पद दर्ता गर्न अस्वीकार गरेको हो।( नयाँ पत्रिका दैनिकबाट)