सरकारले समानान्तर कालोबजारी ग¥यो ः अध्यक्ष जबरा

पुस २८, भक्तपुर– नेपाल तरुण दलका अध्यक्ष एवं सभासद् उदय शमशेर जबराले नाकाबन्दीका नाममा सरकारले समानान्तर कालोबजारी सञ्चालन गरेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै सभासद् जबराले नाकाबन्दीका नाममा सरकारले नै समानान्तर कालोबजारी सञ्चालन गरेर नेपालीलाई दुःख दिएको आरोप लगाएका हुन् ।
नेपाली काँग्रेसको आसन्न महाधिबेशनमा प्रमुख पदाधिकारीमा युवा पुस्ताको आगमन नहुने भन्दै पुरानै मुहार हाबी भएता पनि अघिल्लै महाधिबेशनमा गरेको प्रतिबद्धता अनुसार कोइराला सभापति नहुने उनले स्पष्ट पारे ।
नेपाली काँग्रेसको आसन्न महाधिबेशन सम्पन्न नभए सम्म सरकार ढाल्ने र निर्माण गर्ने खेलमा पार्टी नलाग्ने भन्दै उनले भने –त्यस पछि नेपाली काँग्रेसले पनि सरकार परिवर्तनमा नयाँ सोचका साथ लाग्नेछ ।
उनले नेपाली राजनीतिमा गरिएको भद्र सहमतीका बारे काँग्रेसका कुनै पनि भातृ संगठन र केन्द्रिय समितिलाई समेत जानकारी नभएको भन्दै कोइरालाले जसरी प्रधानमन्त्रीको उम्मेदवारी दिए त्यसले नेपाली काँगे्रसलाई मात्र नभएर नेपालकै राजनीतिलाई असर पार्दा राजनीतिक गतिरोध बढेको बताए ।
नेपालको इतिहासमै सबैभन्दा कम्जोर अर्थतन्त्रको सामना नेपालले गरिरहेको र सरकार लगायत नेपालीबिज्ञहरुले यसतर्फ बहस चलाउन नसक्दा नेपालले आउँदो दिनमा ठूलो आर्थिक संकट भोग्नु पर्ने उनले बताए ।