कांग्रेस सभापतिको अधिकार बढाउने तयारी

पुस २८, काठमाडौं –कांग्रेसले सभापतिको अधिकार बढाउने गरी विधान संशोधनको तयारी थालेको छ । विधान संशोधन समितिका संयोजकसमेत रहेका संगठन विभाग प्रमुख आनन्द ढुंगानाले गाउँ तहदेखि केन्द्रीय सभापतिको अधिकार बढाउने गरी विधान संशोधनको तयारी भईरहेको बताए ।

१२ औं महाधिवशनमा सभापतिका कतिपय अधिकारलाई कटौति गरी केन्द्रीय कार्यसमितिलाई दिईएको थियो । जसका कारण केन्द्रीय कार्यसमिति र सभापतिबीच द्वन्द्व बढाउने काम भएको भन्दै ढुंगानाले सभापतिलाई बलियो हुनेगरी विगतका गल्ती सच्चाउने काम हुने बताए ।

उनका अनुसार सभापति र केन्द्रीय कार्यसमितिको अधिकार नबाझिने गरी विधान संशोधन गरिनेछ ।(कान्तिपुर दैनिकबाट)