मन्त्रीलाई झुक्याएर भाइलाई जागिर

पुस २८, काठमाडौं –अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जस्वनराम श्रेष्ठले युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई झुक्याएर आफ्नै सानीामा छोरा डाक्टर सरोजकृष्ण श्रेष्ठलाई जागिर पदावधि थप गराएको पुष्टि भएको छ ।

श्रेष्ठले मन्त्री मण्डललाई झुटो विवरण पेश गरी भाइ सरोजलाई खेलकुद मन्त्रालय अन्तर्गतको एन्टिडोपिङ सेलमा विशेषज्ञ डाक्टरका रुपमा थप चार वर्षका लागि नियुक्ती दिलाएका हुन् । मन्त्रालयले यसअघि नै उक्त पदमा डाक्टर अजय शमशेर राणालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।(अन्नपूर्ण पोस्ट दैनिकबाट)