बागमतीको जग्गामा व्यक्तिको रजाइँ

पुस २८,काठमाडौं – राजनीतिक दलको चर्को दबाब र सरकारी निकायको उदासीनताले धार्मिक तथा सांस्कृतिक महत्त्वको बागमती नदीवरपर जग्गामा भूमाफियाको रजाइँ झनै बढेको छ । व्यक्तिविशेषले नदीको सार्वजनिक जग्गा कब्जा गरिदिँदा पनि कारबाही गर्न अहिलेसम्म कोही अघि सरेको छैन ।
नदी आसपासका जग्गा हडपेर व्यक्तिगत बनाउन केहीले खेती लगाउने र केहीले तारबार गरेर व्यवस्थापन गरिरहेका छन् । मनोहरा दोभानस्थित बागमती नदी क्षेत्र वरपरको ३ रोपनी १२ आना जग्गा हडपेर स्थानीय रत्न अवाले र झोसेकी नारायणीदेवी श्रेष्ठले काँडेतार लगाएका छन् । पछिल्लो भाउअनुसार यो जग्गाको मूल्य ३ अर्ब रुपैयाँ पर्छ ।

बागमती नदी संरक्षण गर्ने मुख्य अख्तियारी पाएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग यो जग्गाको लालपुर्जा सुरक्षित छ । सरकारी लगतबाट घटाइएको करिब १५ आना अरु नै व्यक्तिको नाममा दर्ता गरिएको छ ।  (कारोबार दैनिकबाट)