सुर्वण अवसर–हब्बी कक्षा

 काठमाडौं –कक्षा ११ देखि नै कलाका विविध विधाको अध्यापन सुरु गरेको मैतिदेवीस्थित युनिभर्सल कलेजले कलामा रुचि राख्ने अन्यका लागि समेत ‘हब्बी क्लास’ को व्यवस्था गरेको छ ।
विद्यालय वा कलेजमा कलाका विषय पढ्न नपाएका तर यसमा अत्यन्त रुचि भएकाहरुलाई लक्षित गरी सञ्चालन गर्न लागिएको सो कक्षामा परम्परागत र समसामयिक कलाको बारेमा जानकारी दिइने कलेजका प्रमुख प्राज्ञ सुष्मा राजभण्डारीले जानकारी दिइन् ।

पौभा, थान्का र अहिलेको समसामयिक कलालाई प्याकेजअन्तर्गत सिकाइने सो कक्षाका लागि सहभागीले रु पाँच हजार तिर्नुपर्नेछ ।
कलाकारहरु मुकुन्द पौडेल, मुकेश मल्ल, विष्णु श्रेष्ठ, शंकरसन श्रेष्ठ, श्याम महर्जन र उदयचरण श्रेष्ठले कक्षा लिनुहुनेछ । यही फागुन १ गतेदेखि सुरु हुने सो कक्षा १५ दिनसम्म चल्नेछ ।

मैतिदेवीस्थित उक्त कलेजले कक्षा ११ देखि नै चित्रकला, मुर्तिकलालगायतका ललितकलाको विधा पढाउँदै आइरहेको छ । यसैगरी कलेजले विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा विभिन्न विषयको अध्यापन गराइरहेको छ । कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातकोत्तर तहमा अँग्रेजी समेत पढाइन्छ ।

 

pu_edit1