महासचिवको गिरफ्तारीप्रति गम्भिर ध्यानाकर्षण

पुस २३, काठमाडौँ–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रिय महासचिवलाई प्रहरीले गिरफ्तार गरेकोप्रति संगठनले गम्भिर ध्यानाकर्षण गराएको छ ।

झापामा पार्टी कामको शिलशिलामा खटिईएको समयमा विना कारण महासचिव बाबुराम राई विवसलाई प्रहरीले गिरफ्तार गरेको भन्दै जनस्वयंसेवकले घोर भत्र्सना समेत गरेको छ ।

राष्टिय युवा जनस्वयंसेवकका अध्यक्ष झक बहादुर मल्लद्धारा आज जारी गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ, विपरित विचारलाई गिरफ्तारी, धरपकड, दमन र आतंकित रबैयाले ठिक पार्न सकिन्छ भन्ने फाँसिवादी सोचकासाथ राज्य प्रस्तुत भएमा हामी र हाम्रो संगठन त्यसको यथोचित जवाफ दिन बाध्य हुनेछौँ । यस्तै बिज्ञप्तिमा अगाडि भनिएको छ, शान्तिपुर्ण संघर्षको मैदानबाट बाहिर हटाउन खोजे त्यसको परिणाम भयानक हुने छ ।

गिरफ्तार गरिएका राईलाई यथासिघ्र रिहाई गरि निर्वाध राजनितिक गतिविधि सञ्चालन गर्न पाउने प्रजातान्त्रिक अधिकारको सम्मान गर्न पनि जनस्वयंसेवकले गृह प्रशासनसंग माग गरेको छ । आफ्नो राजनितिक कार्यक्रम र पार्टि ऐजेण्डा लिएर युवा संगठन हाल मेची महाकाली यात्रामा रहेको छ ।